FAQs Complain Problems

समाचार

वडिगाड गाउँपालिकाको संक्षिप्त परिचय

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा बागलुङ जिल्लामा साविकका दगातुन्डाँडा, सिसाखानी, जलजला, ग्वालीचौर, भिमगिठे, रणसिंहकिटेनी र दर्लिङ गाउँ विकास समितिहरूलाई समेटेर वडिगाड गाउँपालिका बनाइएको हो । यस गाउँपालिकाको कूल जनसंख्या ३०,९०६ रहेको छ । यसको क्षेत्रफल १७८.६८ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको ग्वालीचौर गाविसको खार बजार भन्ने स्थानमा राखिएको छ । यस गाउँपालिकालाई १० वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा गल्कोट नगरपालिका, पश्चिममा निसीखोला गाउँपालिका, प्युठान र गुल्मी जिल्ला उत्तरमा ढोरपाट नगरपालिका र ताराखोला गाउँपालिका तथा दक्षिणमा गुल्मी जिल्लासम्म फैलिएको छ ।

गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको एक वडिगाड गाउँपालिका साविकका ७ गा.वि.स हरु ( दगातुन्डाँडा, सिसाखानी, जलजला, ग्वालिचौर, भीमगिठे, रणसिंहकिटेनी र दर्लिङ) मिलेर १० वटा वडाको एउटा गाउँपालिका बनेको छ। 

आर्थिक वर्ष: