FAQs Complain Problems

समाचार

व्यक्तिगत घटना दर्ता सप्ताह संचालन सम्बन्धी सूचना

बडिगाड गाउँपालिका, गाउँपालिकाको कार्यालयको सूचना

२०८१ साल बैशाख १ देखि ७ सम्म देशै भरी व्यक्तिगत घटना दर्ता सप्ताह संचालन हुन लागिरहेको छ । जन्म, मृत्यु, विवाह, सम्बन्ध बिच्छेद र बसाईँ सराइ जस्ता व्यक्तिगत घटना, घटना घटेको ३५ दिन भित्र आफ्नो स्थायी ठेगाना वा घटना घटेको स्थानको वडा कार्यालयमा गई अनिवार्य रुपमा दर्ता गरौं र गराऔं ।विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, राहदानी बनाउन, नाबाालक परिचयपत्र बनाउन, बैंकमा खाता खोल्न तथा राज्यबाट प्रदान गरिने अन्य सेवा लिन व्यक्तिगत घटना दर्ता आवश्यक हुने भएकाले नबिर्सी आजै वडा कार्यालय जाऔं ।

व्यक्तिगत घटना दर्ता गराउनु सबै नागरिकको कर्तव्य हो । नभूल्नुहोस है,

व्यक्तिगत घटना दर्तासप्ताह, बैशाख १ देखि ७ गते सम्म, देशैभरी ।

व्यक्तिगत घटना घटेको ३५ दिन भित्र व्यक्तिगत घटना दर्ता गरौ । जिम्मेबार नागरिकको परिचय दिऔं ।

आर्थिक वर्ष: